देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि चलाइएको अभियान द्वारा ३३७ परिवारलाइ खाद्यान्न बितरण, आगामी कार्यक्रम १ र २ वडामा हुने।
देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि चलाइएको अभियान द्वारा ३३७ परिवारलाइ खाद्यान्न बितरण, आगामी कार्यक्रम १ र २ वडामा हुने। २४ असोज देउमाइ बिमल अधिकारी देउमाइ - देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि चलाइएको अभियान द्वारा हाल सम्ममा ३३७ परिवारलाइ खाद्यान्न बितरण गरेको छ। 'नहुनेले लिएर अनि हुनेले दिएर जाउ' भन्ने मुल नाराका साथ शुरु गरिएको अभियान को पाचौ चरण अन्तर्गत आज देउमाइ तीनमा ४८ र देउमाइ ६ मा ४४ बिपन्न परिवारलाइ उक्त खाद्यान्न सामाग्री बितरण गरिएको हो। यश अघि देउमाइ नौ नवमीमा नब्बे ,देउमाइ सात सिद्दिथुम्कामा एकचालिस , देउमाइ चार मङलबारे बजारमा ३५, देउमाइ आठमा जितपुरे बजारमा ३३ र देउमाइ पाच धुसेनीमा ४६ जना अति बिपन्न घरधुरी लाई राहत बितरण गरिसकिएको छ। प्याकेजमा बिशेष गरि १० किलो चामल,आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ। COVID-19 को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति बिपन्न परिवारलाई खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्य