Posts

देउमाइको वडा नं ५,८ र ९ मा गरि चार जनामा कोरोना पोजेटिभ। अझ सुरक्षित रहन नगरपालिकाको अनुरोध

Image
 देउमाइको वडा नं ५,८ र ९ मा गरि चार जनामा कोरोना पोजेटिभ। अझ सुरक्षित रहन नगरपालिकाको अनुरोध 

घुम्ने होइन त पानीटार? छुट्नु होला है। Panitar Ilam: सुन्दर पानीटार

 https://youtu.be/BQEtbVzmHWE

देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि चलाइएको अभियान द्वारा ३३७ परिवारलाइ खाद्यान्न बितरण, आगामी कार्यक्रम १ र २ वडामा हुने।

Image
  देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि चलाइएको अभियान द्वारा ३३७ परिवारलाइ  खाद्यान्न बितरण, आगामी कार्यक्रम १ र २ वडामा हुने। २४ असोज देउमाइ बिमल अधिकारी देउमाइ - देउमाइमा युवाहरु द्वारा बिशुद्द मानवताको लागि  चलाइएको अभियान द्वारा हाल सम्ममा  ३३७ परिवारलाइ  खाद्यान्न बितरण गरेको छ। 'नहुनेले लिएर अनि हुनेले दिएर जाउ' भन्ने मुल नाराका साथ शुरु गरिएको अभियान को पाचौ चरण अन्तर्गत आज देउमाइ तीनमा ४८ र देउमाइ ६ मा ४४ बिपन्न परिवारलाइ उक्त खाद्यान्न सामाग्री बितरण गरिएको हो। यश अघि देउमाइ नौ नवमीमा नब्बे ,देउमाइ सात सिद्दिथुम्कामा एकचालिस , देउमाइ चार मङलबारे बजारमा ३५, देउमाइ आठमा जितपुरे बजारमा ३३ र देउमाइ पाच धुसेनीमा  ४६ जना अति बिपन्न घरधुरी लाई राहत बितरण गरिसकिएको छ। प्याकेजमा बिशेष गरि  १० किलो चामल,आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ र साबुन उपलब्ध गराईएको छ।  COVID-19 को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्य

इलाम कोरोनामुक्त , बजार पसल गाडी भेला गोस्ठी सम्पुर्ण निर्बाध रुपले चले बिद्यालय अझै बन्द।

Image
  इलाम कोरोनामुक्त , बजार पसल गाडी भेला गोस्ठी सम्पुर्ण निर्बाध रुपले चले बिद्यालय अझै बन्द।  अब इलाममा कोरोना संक्रमितको संख्या नभएको सम्बन्धित निकायले बताएको छ। पहिलो संक्रमित भेटिएको १०९ दिनपछि इलाममा कोरोना पोजेटिभ हुनेको संख्या शून्य भएको हो। पहिलो पटक गत जेठ २७ गते सूर्योदय नगरपालिकामा भारतको चेन्नईबाट आएका २६ वर्षीय युवकमा पोजेटिभ देखिएको थियो। हालसम्म इलाममा संक्रमण भेटिएका ९३ जना उपचारपछि घर फर्किसकेका छन्। आइतबार चुलाचुली गाउँपालिकाका एक जना युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि इलाममा सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा अहिलेसम्म ४६ सशस्त्र प्रहरी, ३ जनपद प्रहरी, २ सैनिक, १ स्वास्थ्यकर्मी, १ सरसरफाइकर्मी, १ सुरक्षा गार्डसहित वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र समुदायमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताए। कार्यालयका अनुसार २३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकामा ४ हजार ८ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिक

नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा सम्पन्न।

Image
 'नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा  सम्पन्न।  १२ असोज देउमाइ बिमल अधिकारी  देउमाइ नगरपालिका-८, इलामको जितपुरे  बजारमा र वडा न ५ मा निशुल्क खाद्य सामग्री बितरण गरिएको छ । वडा न पाचका ४६ परिवार लाई र वडा न आठका ३३ परिवारलाई राहत वितरण गर्दै  दोस्रो चरणको राहत वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो । राहत प्याकेजमा बिशेष गरि  १० किलो चामल,आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ उपलब्ध गराईएको अभियान्ता आशिष खनालले बताए। आगामी कार्यक्रम देउमाइ नगरपालिका नौ मा  गरिने बताइएको छ। यस अघि यो कार्यक्रम मङलबारे बजार मा सम्पन्न भै सकेको छ।  COVID-19 को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो। "हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्" भन्ने मूल नाराका साथ बिशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए। त्यस्तै सकेको सहयोग ग

पाचथरमा यातायत बन्द कायमै। कोभिड १९ को नियन्त्रणका लागि भन्दै पाचथरमा भदौ १२  देखि जारी यातायात बन्द थप एक साता लम्बिएकको छ डिसिसिएमसीको निर्णय अनुसार भदौ ३१  गते सम्मका लागि बन्द थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । 

Image
  पाचथरमा यातायत बन्द कायमै।   २५ भदौ -कोभिड १९ को नियन्त्रणका लागि भन्दै पाचथरमा भदौ १२  देखि जारी यातायात बन्द थप एक साता लम्बिएकको छ डिसिसिएमसीको निर्णय अनुसार भदौ ३१  गते सम्मका लागि बन्द थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए ।