नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा सम्पन्न।



 'नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा  सम्पन्न। 

१२ असोज देउमाइ

बिमल अधिकारी 



देउमाइ नगरपालिका-८, इलामको जितपुरे  बजारमा र वडा न ५ मा निशुल्क खाद्य सामग्री बितरण गरिएको छ । वडा न पाचका ४६ परिवार लाई र वडा न आठका ३३ परिवारलाई राहत वितरण गर्दै 

दोस्रो चरणको राहत वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो । राहत प्याकेजमा बिशेष गरि  १० किलो चामल,आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ उपलब्ध गराईएको अभियान्ता आशिष खनालले बताए। आगामी कार्यक्रम देउमाइ नगरपालिका नौ मा  गरिने बताइएको छ। यस अघि यो कार्यक्रम मङलबारे बजार मा सम्पन्न भै सकेको छ।

 COVID-19 को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो। "हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्" भन्ने मूल नाराका साथ बिशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए। त्यस्तै सकेको सहयोग गर्दै यो सूचना  घर,  छर छिमेकमा पुर्याइदिन समेत  अभियान्ता हरुले अनुरोध गरेका छन।

"जसले मानवतामा विश्वास राख्दछ  "  आयोजक को नाम दिएर शुरु गरिएको यो अभियान मा सहयोग स्वरुप खाद्यान्न मात्रै लिने पैसा नलिने समेत बताइएको छ।

Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।