गजल : प्रेम आचार्य सु.न.पा १३ ,लक्ष्मिपुर इलाम म आफैं छु आफ्नै रहर सङ्ग अन्जान यसरी आफ्नै जिन्दगी बनेको छ नादान ।
म आफैं छु आफ्नै रहर सङ्ग अन्जान
यसरी आफ्नै जिन्दगी बनेको छ नादान ।
खरानीहरु बिच मेरो बस्ती लुकेको छ
तिम्रै मर्जी बस्ती भन वा कुनै चिहान ।
खुशी सङ्गको नाता टुटेको धेरै भयो
यी ओठमा बस्छ फगत झुटो मुस्कान ।
दैब कतै छौ भने ? यति बिन्ती सुनी देउ
बुलन्द बनोस् उन्को, हौसलाको उडान ।
तिमी जस्तै कठोर, बन्नु छ मैले पनि
कहाँ मिल्छ सुत्र ? बेद पढौ या कुरान ।
Comments
Post a Comment