तिमिले शक्ति ठानेको; बमका विरुद्ध ,उस्ले आफ्नै जिब्रोलाई; तरबार बनायो। : गजल-प्रेम आचार्य लक्ष्मीपुर इलाम
गजल-प्रेम आचार्य लक्ष्मीपुर इलाम कस्ले फुर्सद बनायो कस्ले हतार बनायो उसैले जान्दछ जस्ले यो सन्सार बनायो । झुटको खेतिमा रमाएको कलियुगले सत्यवादी विद्वान थुन्ने कारागार बनायो । तिमिले शक्ति ठानेको बमका विरुद्ध उस्ले आफ्नै जिब्रोलाई तरबार बनायो । नसोधेको कहाँ हो र मौनताको कारण भन्छिन् ! तेरो हर बातले, दिग्दार बनायो । अति गरेको छ दैबले म बुबुरो माथि हरे ! यो कस्तो अभागी निधार बनायो ?