तिमिले शक्ति ठानेको; बमका विरुद्ध ,उस्ले आफ्नै जिब्रोलाई; तरबार बनायो। : गजल-प्रेम आचार्य लक्ष्मीपुर इलाम
गजल-प्रेम आचार्य लक्ष्मीपुर इलाम
कस्ले फुर्सद बनायो कस्ले हतार बनायो
उसैले जान्दछ जस्ले यो सन्सार बनायो ।
झुटको खेतिमा रमाएको कलियुगले
सत्यवादी विद्वान थुन्ने कारागार बनायो ।
तिमिले शक्ति ठानेको बमका विरुद्ध
उस्ले आफ्नै जिब्रोलाई तरबार बनायो ।
नसोधेको कहाँ हो र मौनताको कारण
भन्छिन् ! तेरो हर बातले, दिग्दार बनायो ।
अति गरेको छ दैबले म बुबुरो माथि
हरे ! यो कस्तो अभागी निधार बनायो ?
Comments
Post a Comment