गजल: प्रेम आचार्य सुर्योदय नगरपालिका इलाम


छम्छमी पाउजुको झङ्कार प्रिय लाग्छ 
तिमी छयौ र त यो घरबार प्रिय लाग्छ ।

सायद यो मनमा कोहि रमाएर होला
मलाई अचेल आफ्नै सन्सार प्रिय लाग्छ ।

ढुकढुकीमा धमनीमा अनि शिराहरुमा
तिम्रै नामको रक्त सञ्चार प्रिय लाग्छ ।

हरपल तिम्रै खुशिको कामना गर्दै हुन्छु
मलाई तिम्रो हसिलो मुहार प्रिय लाग्छ ।
गजल: प्रेम आचार्य सुर्योदय नगरपालिका इलाम

Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।