निजि बिद्यालय (सस्थागत बिद्यालय) हरुलाइ नगर शिक्षाको चारलाख बराबरको सहयोग। प्रती बिधालय एक बोरा सेनिटरी प्याड।



बिमल अधिकारी 
२० श्रावण देउमाइ इलाम
देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा देउमाइ नगरपालिका इलाम द्वारा सस्थागत बिध्यालयलाई चारलाख दुई हजार बराबरको बिज्ञान प्रयोगशाला सामाग्री र सेनिटरि प्याड बितरण गरेको छ। देउमाइ नगरपालिका भित्रका सम्पुर्ण  सस्थागत बिद्यालय हरुलाइ आज एक कार्यक्रमका बिच यो  समाग्री हस्तान्तरण गरिएको हो। सस्थागत बिद्यालय प्रोत्साहन कार्यक्रम अन्तर्गत माध्यामिक बिद्यालयलाई चौतिस हजार, निमाबी हरुलाइ उन्तीस हजार र प्राबी हरुलाइ बाईस हजार बराबरको बिज्ञान प्रयोगशाला सामाग्री बितरण गरेको छ। यस्तै प्रत्येक निमाबी र माबी हरुलाइ एक/ एक बोरा सेनिटरी प्याड समेत बितरण गरेको देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपानेले बताउनु भयो।

Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।