इलामको सूर्योदय नगरपालिकामा लकडाउन हुने भएको छ ।
इलामको सूर्योदय नगरपालिकामा लकडाउन हुने भएको छ ।
कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै नगरकार्यपालिको बिहिबार बसेको आकस्मिक बैठकले आज राती १२ बजे देखि लागु हुने गरी लक डाउन गर्नेे निर्णय गरेको हो ।
नगरपालिकामा अनिश्चितकालिन रुपमा लकडाउन गर्ने निर्णय भएको छ । सूर्योदयनगरपालिकामा आजैमात्र वडा न ११ स्थीत शसस्त्र प्रहरी बल आईतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र शिल गरिएको छ ।
नगर क्षेत्रको कृषि जन्य उत्पादन दुधजन्य उत्पादन दैनिक उपभोग्य खाद्यन्न बस्तुहरु अत्यावश्क इन्धन औषधी ओसारपसार आर्पुति कार्यबाहेक अन्य सबै प्रकारका स्थानीय यातायातहरु होटल रेस्टुरेन्ट होम स्टे हाटबजारहरु टोल समाज भिडभाड हुने स्थान सामाजिक सांस्कृतिक कार्यहरु धार्मिक क्रियाकलापहरु बन्द गर्ने भएको हो । दैनिक अत्यावश्यक सेवा बाहेक सरकारी कार्यलय सघंसस्था ,सामुदायिक तथा संस्थागत बिद्यालय शैक्षिक संस्था बिभिन्न कार्यक्रम गर्ने इन्सटीच्युट लगायतबाट प्रदान गरिने सेवाहरु लगायत सबै अर्को सुचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो । खाद्यन्न पसलको हकमा बिहान ८ बजे बाट १२ बजे सम्म मात्रै सामाजिक सुरक्षाको उपाय अपनाएर सञ्चालन गर्न दिईने भएको छ । साथै अर्को पालिका जिल्ला भएर सूर्योदयनगरपालिका हुदै चल्ने लामो दुरीका सवारी साधानलाई सूर्योदयनगरपालिकाको कुनै पनि स्थानमा यात्रु चढने ओराल्ने रोक्ने कुनै कार्य गर्न नपाईने बताईएको छ ।
Comments
Post a Comment