जितपुर प्रहरी चौकीमा कार्यरत एक जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको छ।


देउमाइ नगरपालिकाको मिति २०७७/५/०३ गते गरिएको ७६ जना कोभिड १९ संक्रमण सम्भावित व्यक्तिहरुको स्वाब परिक्षण गर्दा जितपुर प्रहरी चौकीमा कार्यरत १ जना सुरक्षाकर्मीमा काेराेना पाेजेटिप पाईएकाेले निज सुरक्षाकर्मीलाई उपचारकाे लागि इलाम जिल्ला स्थित आइसाेलेसन भवनमा पठाउने व्यवस्था हुँदैगरेकाे जानकारी नगरबासीमा गर्दछाै । साथै संक्रमण थप फैलन नदिन निज व्यक्तिकाे सम्पर्कमा अाएका व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङकाे कार्य समेत सुरू गरिएकाे हुँदा सुरक्षित रूपमा घरमानै बस्नुहुन कुनै अत्यावश्यक काममा घरबाहिर निस्कनु परे सुरक्षाकाे मापदण्ड पालना गरी निस्कनुहुन सम्पूर्ण नगरबासीमा नगरपालिकाले  अनुराेध गरेको छ।

Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।