इलाममा थप १६ जनामा कोरोना पोजेटिभ पुष्टि । जम्मा ७६ पुग्यो। २२ श्रावण



इलाममा थप १६ जनामा कोरोना पोजेटिभ पुष्टि । जम्मा ७६ पुग्यो।

२२ श्रावण
इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना प्रहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भईरहेको छ ।

शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण् देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंखा लागेर सबैको परिक्षण गयोै तर पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिमको लक्षण भने नदेखिएको थापाको भनाई छ । इलाममा शसस्त्र प्रहरीका १६ जना सहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन
source-Saralpati

Comments

Popular posts from this blog

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।