Posts

Showing posts from September, 2020

इलाम कोरोनामुक्त , बजार पसल गाडी भेला गोस्ठी सम्पुर्ण निर्बाध रुपले चले बिद्यालय अझै बन्द।

Image
  इलाम कोरोनामुक्त , बजार पसल गाडी भेला गोस्ठी सम्पुर्ण निर्बाध रुपले चले बिद्यालय अझै बन्द।  अब इलाममा कोरोना संक्रमितको संख्या नभएको सम्बन्धित निकायले बताएको छ। पहिलो संक्रमित भेटिएको १०९ दिनपछि इलाममा कोरोना पोजेटिभ हुनेको संख्या शून्य भएको हो। पहिलो पटक गत जेठ २७ गते सूर्योदय नगरपालिकामा भारतको चेन्नईबाट आएका २६ वर्षीय युवकमा पोजेटिभ देखिएको थियो। हालसम्म इलाममा संक्रमण भेटिएका ९३ जना उपचारपछि घर फर्किसकेका छन्। आइतबार चुलाचुली गाउँपालिकाका एक जना युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि इलाममा सक्रिय संक्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा अहिलेसम्म ४६ सशस्त्र प्रहरी, ३ जनपद प्रहरी, २ सैनिक, १ स्वास्थ्यकर्मी, १ सरसरफाइकर्मी, १ सुरक्षा गार्डसहित वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र समुदायमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विमल बरालले बताए। कार्यालयका अनुसार २३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। अहिलेसम्म जिल्लामा ४ हजार ९ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकामा ४ हजार ८ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिक

नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा सम्पन्न।

Image
 'नहुनेले लिएर अनि हुनेले दिएर जाउ' अभियानको दोस्रो चरण दुई ठाउँमा  सम्पन्न।  १२ असोज देउमाइ बिमल अधिकारी  देउमाइ नगरपालिका-८, इलामको जितपुरे  बजारमा र वडा न ५ मा निशुल्क खाद्य सामग्री बितरण गरिएको छ । वडा न पाचका ४६ परिवार लाई र वडा न आठका ३३ परिवारलाई राहत वितरण गर्दै  दोस्रो चरणको राहत वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको हो । राहत प्याकेजमा बिशेष गरि  १० किलो चामल,आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिनी र दुइ प्याकेट चाउचाउ उपलब्ध गराईएको अभियान्ता आशिष खनालले बताए। आगामी कार्यक्रम देउमाइ नगरपालिका नौ मा  गरिने बताइएको छ। यस अघि यो कार्यक्रम मङलबारे बजार मा सम्पन्न भै सकेको छ।  COVID-19 को महामारिले निम्त्याएको आर्थिक संकटलाई मध्यनजर गर्दै नगरका केहि युवाहरुको सकृयतामा आय श्रोत नभएका अति  बिपन्न परिवारलाई  खाद्यसामग्री नि:शुल्क वितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो। "हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्" भन्ने मूल नाराका साथ बिशुद्ध मानवता र समाजसेवाको भवना बोकी यस्तो कार्यक्रम तय गरिएको अभियान्ता आशिष खनालले बताए। त्यस्तै सकेको सहयोग ग

पाचथरमा यातायत बन्द कायमै। कोभिड १९ को नियन्त्रणका लागि भन्दै पाचथरमा भदौ १२  देखि जारी यातायात बन्द थप एक साता लम्बिएकको छ डिसिसिएमसीको निर्णय अनुसार भदौ ३१  गते सम्मका लागि बन्द थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । 

Image
  पाचथरमा यातायत बन्द कायमै।   २५ भदौ -कोभिड १९ को नियन्त्रणका लागि भन्दै पाचथरमा भदौ १२  देखि जारी यातायात बन्द थप एक साता लम्बिएकको छ डिसिसिएमसीको निर्णय अनुसार भदौ ३१  गते सम्मका लागि बन्द थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । 

हत्याको आरोपमा एक अभियुक्त पक्राउ

Image
  झापा, भाद्र २० गते । झापाको शिवसताक्षी नगरपालिका-११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मृत अवस्थामा फेला परेका एक ब्याक्तीको हत्या भएको पुष्टी भएको छ । यही भाद्र १७ गते बिहान १० बजे सोही स्थानका २९ बर्षीय गोमन सिंह मगर मृत अस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धानमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान (RIT) समुह , जिल्ला प्रहरी कार्यालय झापा र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट खटिएको डग समेतको टोलीले मगरको हत्या गरी फरार रहेका शिवसताक्षी-८ का ३२ बर्षीय मन कुमार लिम्बु लाई हिजो पक्राउ गरेको हो । लिम्बुले १६ गते साझँ साढे ६ बजे गोमन सिंहलाइ घुम्न जाउ भनि घरबाट बोलाएका थिए । साथीले बोलाएपछी मोटरसाईकलमा आएका गोमन सिंहलाई सताक्षी धाम मन्दिर तर्फ हावा खान जाम भनि उनि सोही मोटरसाईकल पछाडी बसी घटनास्थल तर्फ लिई गएका थिए । मोटरसाईकल पछाडी बसेकै बेला लिम्बुले पछाडीबाट गोमन सिंहलाई धारिलो हतियार कर्दले पटक-पटक घाँटीमा रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बुले हत्यामा प्रयोग गरेको कर्द र उनले

गजुरमुखी धाममा रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति

Image
  भदौ २०माङसेबुङ : इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ । शुक्रबार राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो । सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयले पन्छाएका छन । गजुरमुखी जिल्लाको एक प्रमुख धार्मिक क्षेत्र हो । तस्विर : गाउँपालिका अध्यक्ष इदिङ्गोको फेसबुकबाट स्रोत - Local Sandesh

देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान , घरघरमा गमला बितरण।

Image
  बिमल अधिकारी  १९ भदौ देउमाइ । देउमाइमा पर्यटकको आकर्षण बढाउन फूल रोप्न उत्साहित पार्ने अभियान अन्तर्गत आज घरघरमा निशुल्क गमला बितरण गरिएको छ। जितपुर सामुदायिक सिकाइ केन्द्र  देउमाइ -८ इलामको ब्यबस्थापन तथा सम्योजनमा यो अभियान सन्चालन गरिएको हो। देउमाइ नगरपालिकाको वडा नं आठ जितपुरे बजार बाट वडा नं नौ नवमि बजार सम्म मुख्य सडकले छोएका प्रत्येक घरमा आज उक्त गमला बितरण गरिएको हो। बितरण कार्यक्रम इलाम जिल्ला समन्वय समिती प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख रुपेन्द्र प्र न्यौपानेको विशेष आतिथ्यता तथा देउमाइ आठ वडाध्यक्ष चन्द्र मगर , सिकाइ केन्द्र अध्यक्ष राजेन्द्र कुमार दबाडी लगायत सस्थाका  सदस्य तथा अन्य प्रतिनिधिको उपस्तिथिमा भएको सस्थाका सह सचिब अर्जुन मगर ले बताए। यस क्षेत्रमा झ्याउपोखरी, ढोलेदेबी अजम्बरे साथै नजिकमा पानीटार सिद्दिथुम्का लगायतका पर्यटकिय ठाउँहरु रहेका छन।