गजुरमुखी धाममा रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति
भदौ २०माङसेबुङ : इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ । शुक्रबार राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो ।
सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयले पन्छाएका छन । गजुरमुखी जिल्लाको एक प्रमुख धार्मिक क्षेत्र हो ।
तस्विर : गाउँपालिका अध्यक्ष इदिङ्गोको फेसबुकबाट
स्रोत - Local Sandesh
Comments
Post a Comment