देउमाइमा संक्रमीतको सम्पर्कमा आएका ब्याक्तिको पहिचान गरि नमुना सकंलन शुरु, भोलि सम्ममा परिक्षणका लागि पठाइने। ८ भदौ देउमाइ - संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूकाे पहिचान गरि नमूना काे रूपमा स्वाब संकलन कार्य सुरूभएकाे छ र भाेलि सम्म मा संकलन गरि परिक्षणका लागि विराटनगर लगिसकिने देउमाइ नगरपालिका बाट जानकारी प्राप्त भएको छ।
देउमाइ नगरपालिकाको मिति २०७७/५/०३ गते गरिएको ७६ जना कोभिड १९ संक्रमण सम्भावित व्यक्तिहरुको स्वाब परिक्षण गर्दा जितपुर प्रहरी चौकीमा कार्यरत १ जना सुरक्षाकर्मीमा काेराेना पाेजेटिप पाईएकाेले निज सुरक्षाकर्मीलाई उपचारकाे लागि इलाम जिल्ला स्थित आइसाेलेसन भवनमा पठाउने व्यवस्था हुँदैगरेकाे जानकारी नगरबासीमा गर्दछाै । साथै संक्रमण थप फैलन नदिन निज व्यक्तिकाे सम्पर्कमा अाएका व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङकाे कार्य समेत सुरू गरिएकाे हुँदा सुरक्षित रूपमा घरमानै बस्नुहुन कुनै अत्यावश्यक काममा घरबाहिर निस्कनु परे सुरक्षाकाे मापदण्ड पालना गरी निस्कनुहुन सम्पूर्ण नगरबासीमा नगरपालिकाले अनुराेध गरेको छ।
इलामको सूर्योदय नगरपालिकामा लकडाउन हुने भएको छ । कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै नगरकार्यपालिको बिहिबार बसेको आकस्मिक बैठकले आज राती १२ बजे देखि लागु हुने गरी लक डाउन गर्नेे निर्णय गरेको हो । नगरपालिकामा अनिश्चितकालिन रुपमा लकडाउन गर्ने निर्णय भएको छ । सूर्योदयनगरपालिकामा आजैमात्र वडा न ११ स्थीत शसस्त्र प्रहरी बल आईतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र शिल गरिएको छ । नगर क्षेत्रको कृषि जन्य उत्पादन दुधजन्य उत्पादन दैनिक उपभोग्य खाद्यन्न बस्तुहरु अत्यावश्क इन्धन औषधी ओसारपसार आर्पुति कार्यबाहेक अन्य सबै प्रकारका स्थानीय यातायातहरु होटल रेस्टुरेन्ट होम स्टे हाटबजारहरु टोल समाज भिडभाड हुने स्थान सामाजिक सांस्कृतिक कार्यहरु धार्मिक क्रियाकलापहरु बन्द गर्ने भएको हो । दैनिक अत्यावश्यक सेवा बाहेक सरकारी कार्यलय सघंसस्था ,सामुदायिक तथा संस्थागत बिद्यालय शैक्षिक संस्था बिभिन्न कार्यक्रम गर्ने इन्सटीच्युट लगायतबाट प्रदान गरिने सेवाहरु लगायत सबै अर्को सुचना जारी नभए सम्मको लागि बन्द गर्ने निर्णय गरेको हो । खाद्यन्न पसलको हकमा बिहान ८ बजे बाट
इलाममा थप १६ जनामा कोरोना पोजेटिभ पुष्टि । जम्मा ७६ पुग्यो। २२ श्रावण इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना प्रहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भईरहेको छ । शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण् देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंखा लागेर सबैको परिक्षण गयोै तर पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिम
बिमल अधिकारी २० श्रावण देउमाइ इलाम देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा देउमाइ नगरपालिका इलाम द्वारा सस्थागत बिध्यालयलाई चारलाख दुई हजार बराबरको बिज्ञान प्रयोगशाला सामाग्री र सेनिटरि प्याड बितरण गरेको छ। देउमाइ नगरपालिका भित्रका सम्पुर्ण सस्थागत बिद्यालय हरुलाइ आज एक कार्यक्रमका बिच यो समाग्री हस्तान्तरण गरिएको हो। सस्थागत बिद्यालय प्रोत्साहन कार्यक्रम अन्तर्गत माध्यामिक बिद्यालयलाई चौतिस हजार, निमाबी हरुलाइ उन्तीस हजार र प्राबी हरुलाइ बाईस हजार बराबरको बिज्ञान प्रयोगशाला सामाग्री बितरण गरेको छ। यस्तै प्रत्येक निमाबी र माबी हरुलाइ एक/ एक बोरा सेनिटरी प्याड समेत बितरण गरेको देउमाइ नगरपालिका शिक्षा तथा खेलकुद बिकास शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपानेले बताउनु भयो।